×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते, लगानीकर्तालाई लाभांश नपाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते, लगानीकर्तालाई लाभांश नपाउने

Artha Sarokar

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते हुने भएको छ । कम्पनीको सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको हो । 
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पनि कम्पनीले सभामा पेस गर्नेछ । यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । 
कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभाका लागि कम्पनीले वैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । जसअनुसार वैशाख २८ गतेसम्म कायम सेरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी