- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बालबालिकालाई विद्यालय नजान अपिल गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरसको संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेको पनि जनाएको छ । यस्तै मन्त्रालयले रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको छ भेन जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरिएको छ ।