- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहितका १५ वटा ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।
साथै मन्त्रालयले सो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन सुझाव पनि दिएको छ । नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा पर्ने भन्दै विद्यालय बन्द गर्न सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।