×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशका यी स्थानका विद्यालयहरु हुनेछन् बैसाखभरि पूर्णत: बन्द… देशका अरु स्थानका विद्यालयहरु खुल्छन् कि खुल्दैनन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देशका यी स्थानका विद्यालयहरु हुनेछन् बैसाखभरि पूर्णत: बन्द… देशका अरु स्थानका विद्यालयहरु खुल्छन् कि खुल्दैनन् ?

Artha Sarokar

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको प्रकोप बढेको भन्दै यस्तो निर्णय गरिएको हो ।
शिक्षण संस्थासहित रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो । यस्तै सरकारले त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।
यस्तै देशका अन्य स्थानका विद्यालयहरु भने स्थानीय सरकारको निर्णय अनुसार हुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी