×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका विद्यालय एक हप्ता बन्द गर्न निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँका विद्यालय एक हप्ता बन्द गर्न निर्देशन

Artha Sarokar

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक हप्तासम्म बन्द गर्न निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै विद्यार्थी वा शिक्षकमा कोरोना संक्रमण देखिएका विद्यालय एक हप्तासम्म बन्द गर्न निर्देशन दिएको हो ।
‘महानगरपालिका प्रमुखस्तरको मिति २०७८/०१/०२ गतेको निर्णयअनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकोले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नुरगराउनु हुन अनुरोध छ’ सूचनामा उल्लेख छ ।
यस्तै संक्रमण नभएका विद्यालयहरुमासमेत स्वास्थ्यका मापदण्ड, सामाजिक दूरीलगायत अनिवार्य पालना गर्न तथा मास्क लगाउने तथा साबुन पानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत व्यवस्था गर्नसमेत महानगरले अनुरोध गरेको छ । बिहीबार पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी