×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबार नेप्सेमा सामान्य अंकको करेक्सन, निफ्राको सर्वाधिक कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से सामान्य अंकको करेक्सन देखिएको छ । निरन्तर ६ दिनको वृद्धिपछि बुधबार नेप्से परिसूचकमा २.८५ अंकको करेक्सन देखिएको हो । यसदिन नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज  २१५ कम्पनीको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २६ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको २७ करोड ६३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: चिलिमे हाइड्रोपावर र छिमेक लघुवित्तको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: