×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार नेप्सेमा ३५.८९ अंकको करेक्सन, कारोबार रकममा भने रौनकता कायमै !

GLOBAL IME BANK

आइतबार नेप्सेमा ३५.८९ अंकको करेक्सन, कारोबार रकममा भने रौनकता कायमै !

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८० करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार एभरेष्ट बैंकको भएको छ । यस कम्पनीको ८७ करोड ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनआइसी एसिया लघुवित्त र निफ्राको भएको छ । आज १ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने गुडविल फाइनान्स लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: