×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ‘इन्डेक्स’ घटाउने र बढाउने समूह सक्रिय, तिब्र चलखेलपछि यस्तो देखियो बजारको अवस्था

LAXMI SUNRISE BANK
GLOBAL

सेयर बजारमा ‘इन्डेक्स’ घटाउने र बढाउने समूह सक्रिय, तिब्र चलखेलपछि यस्तो देखियो बजारको अवस्था

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार र सोमबार सेयर बजारमा तीब्र चलखेल भएको पाइएको छ । आइतबार करिब ७६ अंकले बजार घटाइएको थियो भने आज कारोबार खुलेको आधा घन्टामै ५५ अंकले बजार घटाइएको थियो । कोभिड संक्रमणको कारण देखाएर सेयर बजारमा घटाउने र बढाउने समूहबीच तीब्र चलखेल भएको पाइएको हो । 
यता कोरोना त्रास कायम रहेपनि लकडाउन गर्ने/नगर्ने सरकारले निर्णय गरिसकेको छैन । तर सेयर बजारमा लकडाउन भए सरह घटाउने भारी अंकले बढाउने प्रक्रिया भईरहेको छ । बजारमा तीब्र चलखेल भएको बेला लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने सम्भावना छ । 
सोमबार कारोबार खुलेको १२ मिनेटमै बजार घटाएर २५२० मा झारिएको थियो । त्यसपछि झण्डै ५० मिनेट २५१६ सम्म घटाएर कारोबार भए पनि कारोबार खुलेको १ घण्टा पछि भने बजार बढोत्तरी तर्फा गए पनि अहिले गिरावट तर्दा गएको छ । १२ समूह घटेका छन् भने १ समूह मात्रै बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी