
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको जनाएको छ । यद्यपि औपचारिक रुपमा भने बाँडफाँडको मिति टुंगो लाग्न बाँकी छ । बिक्री प्रबन्धकले रुजु गर्ने काम अन्तिम चरण्मा भएकाले बुधबार प्री–अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँट गर्ने योजना रहेको जनाएको छ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । आईपिओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्