×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी, सेयर पाउन भाग्यकै भर पर्नुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी, सेयर पाउन भाग्यकै भर पर्नुपर्ने

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको जनाएको छ । यद्यपि औपचारिक रुपमा भने बाँडफाँडको मिति टुंगो लाग्न बाँकी छ । बिक्री प्रबन्धकले रुजु गर्ने काम अन्तिम चरण्मा भएकाले बुधबार प्री–अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँट गर्ने योजना रहेको जनाएको छ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । आईपिओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: