×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनः भूकम्प आएपनि सम्पदा जोगाउन सकिने सिइओ सुशिल ज्ञवालीको दावी (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पुनः भूकम्प आएपनि सम्पदा जोगाउन सकिने सिइओ सुशिल ज्ञवालीको दावी (भिडियो रिपोर्ट)

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले आगामी दिनमा भुकम्पको क्षतिबाट सम्पदाहरुलाई बचाउन सकिने आधार खडा भएको बताउनुभएको छ । सोमबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले गर्ने कामले थुप्रै सम्पदाहरुको संरक्षण गर्ने प्रविधिलाई पुर्नविकास गरेको बताउनुभयो ।
नयाँ प्रविधि देशभित्र आएको र त्यसलाई सरकारले स्वीकार गरेर अगाडी बढ्ने अवस्था समेत बनेको उल्लेख गर्दै उहाँले त्यसैको जगमा उभिएर आगामी दिनमा पुनः भुकम्प आएपनि सम्पदाहरुलाई जोगाउन सकिने बताउनुभयो । पुरानै निर्माण सामाग्री र प्रविधि प्रयोग गरेर जान सकिने आधार खडा गरिएको पनि बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु, विद्यालय तथा भवनहरु पुननिर्माण गरेको जानकारी दिनुभयो । उहाँले सम्पदाहरुलाई पुरानै ऐतिहासिकता जोगाउने गरि पुनर्निमाण भएको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: