×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफामा ९१.६१% को छलाङ, प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफामा ९१.६१% को छलाङ, प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ९१.६१% बढेको हो । गत वर्ष कम्पनी ५ करोड ८७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेको छ । यस्तै कम्पनीको  खुद ब्याज आम्दानी ३७.५४% ले बढेर २३ करोड रुपैयाँ पुगेको छ सञ्चालन नाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढाएर ८ करोड ८३ लाख पुर्याएको छ ।
कम्पनीको चुक्ता पुँजी ४१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ छ । यसअवधिमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: