×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीजिले मनलाग्दी शुल्क लिएपछि संक्रमितले खचाखच हुन थाले सरकारी अस्पताल, शिक्षणको अवस्था यस्तो (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नीजिले मनलाग्दी शुल्क लिएपछि संक्रमितले खचाखच हुन थाले सरकारी अस्पताल, शिक्षणको अवस्था यस्तो (भिडियो)

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र विहिबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ । 
विशेष गरेर काठमाण्डौ उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ । साथै सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो । 
निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भएपनि सो समिति सक्रिय हुन नसक्दा नीजि अस्पतालले संक्रमितको उपचारमा मनलाग्दि शुल्क लिदै आएका छन् । निजी अस्पतालहरुको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: