×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात सय ५० स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा : अब तीन तहमा मात्रै पुग्न बाँकी, ती कुन-कुन हुन् ?

PRIME CA

सात सय ५० स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा : अब तीन तहमा मात्रै पुग्न बाँकी, ती कुन-कुन हुन् ?

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अब तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेका छन् । ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा शाखा खुल्न बाँकी छन् । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकको शाखा खुल्न बाँकी छ ।
राष्ट्र बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । ०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । ०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।
बाँकी रहेका स्थानीय तहमासमेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने विश्वास राष्ट्र बैंकले लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: