Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुको बाध्यात्मक निर्णय : बैंकबाट अव ५ प्रकारका सेवा मात्र पाइने, ५० हजार रुपैयाँ भन्दा कम रकम जम्मा गर्न नपाइने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अवदेखि बैंकका शाखामार्फत आफ्नो खातामा ५० हजार रुपैयाँ भन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ ।  बिहीबार जुममार्फत बाणिज्य बैंक र विकास बैंकका सीइओ तथा अध्यक्षहरुसँगको भर्चुअल मिटिङमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निश्चित सीमा तोकेर निक्षेप लिने गरि कारोबार गर्न बैंकहरुलाई निर्देशन दिएपछी बैंकर्स संघले यस्तो निर्णय गरेको हो ।
पटक पटक हुने कारोबारलाई निरुत्साहित गर्नुपर्ने कुरा गर्भनरले राखेपछि संघले यस्ताे निर्णय गरेकाे बताइएको छ । मिटिङमा सहभागी केही बैंकका सीइओले अहिलेको अवस्थामा बैंक पूर्ण रुपमा केही दिन बन्द गर्नुपर्ने सुझाव दिए पनि राष्ट्र बैंकले थोरैभन्दा थोरै कर्मचारी राखेर दैनिक केही घन्टा मात्र बैंक सञ्चालन गर्नुपर्ने तर बन्द नगर्न निर्देशन दिएको थियो ।
यो निर्णयले उपचारका लागि ५० हजार रुपैयाँ भन्दा कम रकम आफन्तलाई पठाउन चाहानेहरुलाई भने मर्का पर्ने देखिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK