
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर बेचेको आरोपमा सात जना पक्राउ परेका छन् । मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्ने सात जनालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
काठमाडौंको बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, ललितपुरको कुपण्डोल बस्ने थुमराज उपाध्याय, ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी, काठमाडौंको भीमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रालिमा काम गर्नेे पुष्कर घिमिरे, काठमाडौंको अनामनगर बस्ने आहा इन्डष्ट्रियल कम्पनी प्रालिमा कार्यरत विशाल आचार्य, बागबजार बस्ने सन्तोष भण्डारी र भारतको राजस्थान घर भई काठमाडौंको ढुंगेअड्डा बस्दै आएका जगदीशप्रसाद रानासरियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट उत्पादन मिति, म्याद समाप्त मिति, खरिद–बिक्री मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेको छ । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागसमेतको संयुक्त टोलीले छापा हानिएको थियो ।
प्रहरी अनुसन्धानबाट आहा इन्डष्ट्रियल कम्पनीमा काम गर्दै आएका विशाल आचार्यले डी एन्ड डी इन्टरप्राइजेज न्युरोडमार्फत चीनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाइ उक्त अक्सिमिटरहरु ल्याएको खुलेको छ । ६-७ सय रुपैयाँ पर्ने अक्सिमिटरहरु २२ सयसम्म अधिक मूल्यमा बिक्री–वितरण गरेको पाइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्