
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण भुक्तानी सेवा पूर्ण रुपमा स्वचालित भएको छ । कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध गरेको हो । सोहीअनुसार एसियन लाइफले बिहीबार (आज)बाट कारोबार सुचारु गरेको छ ।
यससँगै कम्पनीले एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल-आईपीएस प्रणालीहरुमार्फत स्वचालित रुपमा बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना कारोबार गर्न सक्नेछ । यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास कम्पनीले लिएको छ । यसका साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नुपर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक तथा वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्ने भएका छन् । हालसम्म एसियन लाइफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीको बीमा शुल्कको संकलन अनलाइनमार्फत कनेक्ट आईपीएस ई-पेमेन्टबाट भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्