×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेम्डेसिभिरको कार्टेलिङ गर्ने र लुकाउनेलाई लाइसेन्स रद्दसम्मको कडा कारवाही गरिने ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार

PRIME CA

रेम्डेसिभिरको कार्टेलिङ गर्ने र लुकाउनेलाई लाइसेन्स रद्दसम्मको कडा कारवाही गरिने ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो । 
कुनै बिक्रेताले औषधिको मुल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउने सम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । बजारमा अलिअलि अभाव भएपनि आपुर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।
कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ । विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: