
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकाबीच धनगढीमा आकस्मिक एम्बुलेन्स सेवा संचालनमा आएको छ । रोयल कोल्याबोरेटिभ्स र उपमहानगरपालिकाको समन्वयमा आकस्मिक एम्बुलेन्स सेवा (अटो एम्बुलेन्स) संचालनमा आएको हो ।
६ वटा अटोरिक्सा, एक र एक पिकअप भ्यान र एम्बुलेन्सलाई प्रयोग गरेर आकस्मिक एम्बुलेन्स सेवा संचालन गरेको रोयल कोल्याबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले बताए । ‘संकटको परिस्थितिमा नागरिकलाई सहयोग होस् भन्ने उद्धेश्यले यो अभियान थालेका हौँ’, अध्यक्ष शाहीले भने, ‘आकस्मिक एम्बुलेन्स सेवा मात्र होईन कोभिड केन्द्रित थुप्रै अभियानहरु संचालन गरेका छौँ ।’ त्यस्तै अभियानमा संलग्न अटो चालकहरुलाई स्वास्थ्य मापदण्डको व्यवस्थापनि संस्थाले गरेको उनले बताए ।
आर्थिक अवस्था सबल भएकाले शुल्क तिर्ने र अवस्था कमजोर भएकाहरुको जिम्मा संस्थाले लिने संस्थाका अध्यक्ष गजेन्द्र शाहीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा गर्न पाउँदा चालकहरुपनि खुशी देखिन्छन् । आवश्यक परेको समयमा बिरामीले धनगढीका लागि (९८०४६५५२९० (कमल प्रताप मल्ल), ९८१०२०१५६५ (मनोज चौधरी) र अन्य क्षेत्रका लागि ९८१२६५४०९९ (रिक्त मगर), ९८१४६४१०८२ (बाबुराम पौडेल), ९८२३५२६२८४ (बालकृष्ण चौधरी) र ९८१८४७८३३० (सुरेन्द्र सिंह) को नम्बरमा सम्पर्क गर्न सक्नेछन् । बाँकी फोटोमा हेर्नुहोस्ः










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्