धनगढी । धनगढी उपमहानगरपालिकामा ‘जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप अभियान-२०८३’ बारे अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १८ स्थित फूलबारी नगर अस्पतालमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्षता वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले गरेका थिए । कार्यक्रममा जापानिज इन्सेफ्लाइटिस रोग, यसको जोखिम, रोकथाम र खोप अभियानको प्रभावकारिताबारे जानकारी दिनुका साथै छलफल गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष रिजालले जापानिज इन्सेफ्लाइटिसजस्तो गम्भीर रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले खोपसम्बन्धी सही सूचना समुदायसम्म पुर्याउँदै लक्षित बालबालिकालाई समयमै खोप लगाउने वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको पनि बताएका छन् । त्यस्तै, वडा अध्यक्ष रिजालले खोप अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायबीच समन्वयको आवश्यकता समेत औँल्याएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्