×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड छोडेर `बा´को दलमा लागेका बादलको मन्त्री पद चट् !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रचण्ड छोडेर `बा´को दलमा लागेका बादलको मन्त्री पद चट् !

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पछाडी पर्दै देवकोटा विजयी भएका हुन् । देवकोटाले ५०८८ मतभार पाएका छन् भने बादलले ४०१४ मतभार पाएका छन् । 
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन देवकोटालाई थियो । पूर्व माओवादीबाट सांसद भएका बादल एमालेमा प्रवेश गरेका थिए । 
राष्ट्रियसभाको सदस्यमा पराजित भएपछी बादलको मन्त्री पद चैट भएको छ । यता आज सविधानको व्यवस्था विपरित मन्त्री भएका बादलसहित अन्य मन्त्रीका बिषयमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । यसो त यसरी हेर्दा बादलको मन्त्री पद यसरी पनि गएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: