×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थालाई ४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

बागलुङ । नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा, नेपाली कांग्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा ४ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ ।
केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी ४ लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गर्नुभएको थियो । ‘कोरोना रोकथाम र उपचारमा सहयोग पुर्याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण गर्यौं’, उहाँले भन्नुभयो । ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: