Skip to content
LAXMI SUNRISE BANK

‘२०% भन्दा कम कर्मचारीलाई मात्रै बोलाएर सेवा दिनू’ : राष्ट्र बैंक

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशतभन्दा कम कर्मचारी बोलाएर सेवा दिन निर्देशन दिएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको जोखिम बढेपछि राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको  हो । 
सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोर्ट एक्सेसबाट कार्य सम्पादनमा जोड दिनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै नजिकै रहेका शाखाहरुको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जालसमेतमा सेवा सम्बन्धि सोधपुछकोका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समयावधि सम्बन्धि सूचना दैनिकरुपमा प्रकाशन गर्नसमेत निर्देशन दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK