×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि तीन कम्पनी पुगे बीमा समिति, इच्छुकले ६ गते दिउँसोसम्म आवेदन दिन सक्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि तीन कम्पनी पुगे बीमा समिति, इच्छुकले ६ गते दिउँसोसम्म आवेदन दिन सक्ने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  बीमा समितिमा  नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि तीन कम्पनीले आवेदन दिएका छन् । अन्नपूर्ण रि, काठमाडौँ रि र प्डेरुन्सियल रि गरी तीन कम्पनीले सोमबारसम्म समितिमा आवेदन दिएका हुन् । समितिले प्रस्ताव आहवान गरेको अन्तिम मिति सकिन ३ दिन बाँकी रहँदा ३ कम्पनीले लाइसेन्सका लागि निवेदन दिएका हुन् ।
बजारको आवश्यकता, पुनर्बीमा सम्भाव्यता अध्ययन टोलीले दिएको सुझावका आधारमा समितिले कुनै एक कम्पनीलाई मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिनेछ । समितिले वैशाख १७ गते एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको थियो । इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात जेठ ६ गते दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् । 
पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पूँजी कम्तीमा १० अर्ब रुपैयाँ तोकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: