
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा विद्युत प्रशारण अनियमित हुँदा उपभोक्ता आजित बनेका छन् । विद्युत प्राधिकरणबाट अघोषित रुपमा विद्युत कटौती हुँदा सर्वसाधारणको नियमित कामकाजमा समेत प्रत्यक्ष बाधा पुगेको छ ।
हावाहुरिको कारण बिजुलीका पोल, तार भुईमा छरिएकाले विद्युत सेवा अनियमित भएको बताउँछन् नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ । लोडसेडिङ्ग नगरिएको बताउँदै धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले हावाहुरिका कारण विद्युतसेवा प्रवाह गर्न केही कठिनाई भएको बताए । उनले भने, ‘यस्तो माहामारिको बेलाc पनि हाम्रो टिम निरन्तर मर्मत सम्भारमा लागिरहेकै छन् ।’
कोरोना माहामारीमा जारी गरिएको निषेधाज्ञा र चर्को गर्मीको समयमा नियमित रुपमा विद्युत् आपूर्ति नभएपछि स्थानीयवासी मर्कामा परेका छन् । ‘लोडसेडिङ छैन भन्छन् तर बिजुली गइरहन्छ, आइहाल्यो भने १ मिनेटमा फेरि जाने धनगढी उपमहानगरपालिका–१४ का उमेश चौधरीले बताए । धनगढीवाट प्रशारण हुने फूलबारी लगायतका स्थानमासमेत विद्युत् कटौती हुने गरेको छ । विद्युत् प्राधिकरणले विना सूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको स्थानियले बताएका छन् । पटक–पटक गरी दैनिक चार घण्टा विद्युत् जाने र आए पनि ‘लो भोल्टेज’ हुने गरेका कारण पङ्खा, मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको धनगढी उपमहानगरपालिका बुद्ध चोकका हरिश बोहराले गुनासो गरे ।
हावाहुरीको समय भएकाले नगरका विभिन्न स्थानमा तार चुडिँदा विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ । ‘पुराना तार र सडक विस्तारका कारण पोल हटाउँदा केही समय विद्युत् कटौती गर्नुपर्छ’, प्राधिकरणका कर्मचारीले भने, ‘आवश्यक स्थानमा एक-दुई घण्टाबाहेक सबै क्षेत्रमा एकैपटक विद्युत् जाँदैन ।’ प्राधिकरणले जुन वडामा काम भइरहेको छ, त्यही क्षेत्रको विद्युत् मात्रै केही समयका लागि कटौती गरी काम गरेकाले त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न उनिहरुले आग्रह गरे । लोडसेडिङ पूर्णरुपमा हटेको छ तर कहिलेकाहीँ मौसमका कारण विद्युत्मा समस्या आउने हुँदा यस्तो समस्या देखिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्