×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री पौडेलले पदबहालीपछि भने – ‘कोभिड-१९ लाई सामना गर्ने बजेट ल्याउछौं’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्री पौडेलले पदबहालीपछि भने – ‘कोभिड-१९ लाई सामना गर्ने बजेट ल्याउछौं’

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताउनु भएको छ । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताउनु भएको हो ।
उहाँले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड(१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताउनु भयो । अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नु भएको थियो । पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गर्नु भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: