
कैलाली । जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक बढी रहेको खबर सुनेर अब आफू पनि नबाँचिने हो कि भनेर अत्यधिक तनावमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिका–९ का कोरोना सङ्क्रमित शङ्कर चौधरी (नाम परिवर्तन) लाई केही दिनदेखि तनाव कम हुँदै गएको छ ।
सङ्क्रमण देखिएदेखि नै होम आइसोलेशनमा बसिरहनु भएका चौधरी आजभोलि कोरोना जित्न सकिन्छ आत्मबल बलियो बनाउनुपर्ने रहेछ भनेर चिन्ता नलिएर यो समयमा विभिन्न पुस्तक अध्ययन गरेर बस्नुहुन्छ । “सङ्क्रमित भएपछि अब बाँच्दिन झँै लागेको थियो, कोही भेट्न नआउने खाली यति मरे उति थपिए मात्र खबर सामाजिक सञ्जालमा देखिने भएका कारण तनाव हुन्थ्यो तर आजभोलि कोरोनालाई जित्न सक्छु भन्ने लाग्छ र क्रमिक सुधार हुँदै आएकाले खुशी छु”,भन्नुहुन्छ चौधरी ।
अध्यक्ष हरिप्रसाद तिवारी लगायतको टोलीले आफूलाई परामर्श दिँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँहरू आएर सङ्क्रमण हटाउन सकिने तर यसका लागि आफूलाई कमजोर महसुस नगर्ने तथा घरमा उपलब्ध स्वास्थ्य उपाय अपनाउने र अप्ठ्यारो परे आफूहरूलाई जानकारी गराई अस्पताल लिएर जाने भनेपछि मनोबल बढेको चौधरी बताउनुहुन्छ ।
चौधरी जस्तै कोरोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहनुभएका गौरीगङ्गा नगरपालिका–९ का एक अर्का सङ्क्रमितमा पनि अहिले कोरोनालाई पराजित गर्ने साहस थपिएको छ । सङ्क्रमण देखिएपछि एक किसिमको ऊर्जा तन र मनमा सकिएको थियो तर स्थानीय जनप्रतिनिधि वडाध्यक्षसहितको टोलीले घरमा आएर तथा टेलिफोनबाट बारम्बार सल्लाह र ऊर्जा थपिदिँदा भने कोरोना परास्त गर्ने साहस बढेको उहाँ बताउनुहुन्छ । यस्तो समयमा ऊर्जा थप्ने सल्लाह मात्र भए पनि रोगलाई हराउन सकिन्छ भन्ने भावना जागेर आउने रहेछ । त्यस्तै भयो मलाई पनि । उहाँहरूको सल्लाहले एक किसिमको ऊर्जा थपियो ।
दोस्रो भेरियन्टको कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरू लगातार बढी रहेको खबरका कारण अत्यधिक तनावमा बसिरहनुभएका भएका सङ्क्रमित चौधरीलाई घरमै गएर हौसला प्रदान गरेको वडाध्यक्ष हरिप्रसाद तिवारीले बताउनुभयो । “यस पटकको सङ्क्रमणमा धेरैले ज्यान गुमाएका कारण होम आइसोलेशनमा बसेका सङ्क्रमितहरू उच्च तनाव लिने गरेको, झोक्राउने गरेको तथा आफू पनि अब नबाँच्ने किसिमका अभिव्यक्ति दिने गरेको उनीहरूका परिवारका सदस्यहरूले बताएपछि हामी उनीहरूको घरमै गएर हौसला प्रदान गर्दैछौँ”, अध्यक्ष तिवारीले भन्नुभयो ।
मृत्यु र तीव्र सङ्क्रमणको खबरले सङ्क्रमितहरूको मनोबल कमजोर हुने र अनेक किसिमका कुराहरू सोचेर आफूलाई कमजोर बनाउने किसिमका गतिविधिले आत्मबल कमजोर हुँदा अझै समस्या हुन्छ त्यसैले नआत्तिनुस् भनी सम्झाउने गरेको अध्यक्ष तिवारीले बताउनुभयो । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्