×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजेट तयारीको अन्तिम चरणमा, प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने बजेट आउँदै (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो  
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पारेको बताउनुभएको छ । संविधानको धाराण ७६ को उपधारा ३ बमोजिम सरकार गठन पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न कम्युनिष्ट पार्टीमा विग्रह श्रृजना गर्ने र त्यसकै जगमा बैकल्पिक सरकार निर्माण गर्ने प्रयास विफल भएको बतानुभएको हो । शुक्रबार अर्थमन्त्रालयको पदभार ग्रहण गरे लगत्तै संचारकर्मीलाई प्रतिक्रिया दिदै उहाँले अब पुर्ववत् ढंगले जिम्मेबारी पुरा गर्ने काममा लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नका लागि अनेक प्रकारका प्रयासहरु यसबीचमा भए । नेपाल कम्युनिष्ट पार्टीमा विग्रह श्रृजना गर्ने र त्यसको जगमा बैकल्पिक सरकार निर्माण सम्मका प्रयासहरु भए । ती सारा प्रयासहरुलाई निष्फल पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदको पदभार ग्रहण गर्नुभएको छ । हामीले पनि पुर्ववत ढंगले आफ्नो जिम्मेवारी लिएका छौ । ”
उहाँले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताउनुभयो । बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट आउने उहाँले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदभार ग्रहणसँगै अर्थमन्त्री पौडेलले शुक्रबार नै अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नुभएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: