×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशभरका आठ स्थानमा एक हजार क्षमता भएको होल्डिङ सेन्टर स्थापना गरिएको छ’ : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

‘देशभरका आठ स्थानमा एक हजार क्षमता भएको होल्डिङ सेन्टर स्थापना गरिएको छ’ : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ । बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निः शुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताउनुभएको हो । 
७ वटा प्रदेशमा एक/एक ओटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो/ ‘होल्डिङ सेन्टरहरु, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १/१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ ।’
उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामि त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्न चाहान्छौँ । यसका लागि सरकारले अरु सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो । त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रुपले मन्त्रीपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौँ ।’
मन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानविय सभ्यताविरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो । उहाँले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो । आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने जनाइएको छ । कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पुर्याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताउनुभयो । आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेड सम्मको बनाउन सकिने पनि उहाँले बताउनुभयो ।
सो आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ । हेनुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: