×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२ लाख ३४ हजार १९५ जना आवेदकले हात परे सीइडीबी हाइड्रोपावरको आइपीओ, साढे ४ हजारको आवेदन रद्द !

  • अर्थ सरोकार सम्बाददाता
काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले हात परेका छन् । बिक्री प्रबन्धक सनराइज क्यापिटलमा भर्चुअल माध्यमबाट कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएकोमा योग्य २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात परेका हुन् । 
यद्यपी बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनाले १–१ कित्ताका दर अर्थात् ११ कित्ता पाएका छन् । आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । ४ हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको थियो ।
आइपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ । कम्पनीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: