×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सीइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
लमजुङ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम रहेको छ । कम्पनीले शुक्रबादेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने भएको छ ।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका-०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३.०५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्रीको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी