
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माणाधिन सिटीहलको काम अन्तिम चरणमा पुगेको छ । संघिय सरकारको लगानीमा निर्माण भईरहेको उक्त सिटीहलको काम अन्तिम चरणमा पुगेको हो ।
संघीय सरकारको २५ करोड २६ लाखको लागतमा निर्माण भईरहेको सिटी हल करिब १ हजार जना अटाउने क्षमताको रहेको छ । लकडाउनका कारण काममा केही ढीलाई भएको भएतापनि निर्धारित समयभित्रै सम्पन्न गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए । उनले भने, ‘अहिले सिटीहल निर्माणको काम झण्डै ९५ प्रतिशत सम्पन्न भएको छ ।’
१००० जनाको क्षमता रहेको उक्त सिटीहलको अन्डरग्राउण्ड हलमा पार्किङको व्यवस्था सहित २ वटा हल बन्ने र एउटामा मुख्य तथा अडिटेरियम सभा हलमा ७ सय जना अट्ने क्षमताको र अर्को सेमिनार हलमा २ सय ५० जना अटने क्षमताको निर्माण भईरहेको अध्यक्ष बरालले बताएका छन् । अध्यक्ष बरालले भने, ‘धनगढीमा ससाना पार्टी प्यालेस छन् तर ठूला कार्यक्रमका लागि अपुग हुन्छन्, यो आयोजना सम्पन्न भएलगत्तै धनगढीबासी मात्र नभई सुदूरपश्चिमबासीले नै यसबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।’
अहिले निर्माणकार्य तिव्र गतिमा भईरहेको सिटीहलका लागि नमुना माध्यामिक विद्यालयले डेढ विघा जग्गा सहयोग गरेको छ । उक्त संरचना निर्माण भएप्रश्चा विकासले गति लिनुका सार्थ पर्यटन व्यवसायसँगै स्वरोजगारीको वातावरण सृजना हुने भन्दै स्थानिय पनि खुसी बनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्