×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैक र मुक्तिनाथ बैंक विकास लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, तत्कालका लागि सम्पूर्ण सेवा बन्द…

  • अर्थ सरोकार सम्बाददाता 
ओखलढुङ्गा । ओखलढुङ्गाका बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।विभिन्न बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए ।
बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उनको भनाइ छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आईतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो । 
बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ । जिल्ला सदरमुकामको सिभिल बैक र मोलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेशनमा छन् । बैंकहरु बन्द भए पनि जिल्लामा बैंकका एटिएम सेवा भने सञ्चालनमा रहने जनाईएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: