×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट कञ्चनपुरमा एकैदिन ११ जनाको मृत्यु, सचेत नबने अवस्था भयावह बन्ने संकेत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाबाट कञ्चनपुरमा एकैदिन ११ जनाको मृत्यु, सचेत नबने अवस्था भयावह बन्ने संकेत !

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KANCHANPUR

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उहाँले भन्नुभयो,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”
अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हँुदै गइरहेको छ । रासस ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी