
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीका कारण देशभर सयौँ संक्रमितहरुले ज्यान गुमाईरहेकाबेला धनगढी उपमहानगरपालिकाले भ्याक्सिन खरिदका लागि प्रक्रिया अगाडी बढाएको छ । संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढीरहेका बेला आफ्ना जनताको सुरक्षाका लागि भ्याक्सिन खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।
लकडाउनमात्रै संक्रमण नियन्त्रणको अन्तिम शुत्र नभएको निश्कर्ष निकाल्दै नगरपालिकाले सरकालाई भ्याक्सिन खरिद गर्नका लागि अनुमति माग गरेको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उपमहानगरपालिकाले भ्याक्सिन खरिदका लागि अनुमति माग गरेको छ । संक्रमण नियन्त्रणका लागि या त सरकारले भ्याक्सिन उपलब्ध गराईदिने वा आफुलाई भ्याक्सिन खरिद गर्नका लागि अनुमति माग सहितको पत्राचार गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्