
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
दार्चुला । अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।
अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा सङ्कलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले पत्रचार गरे पनि अपी नाम्पा संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा पाइने क्षेत्रमा स्थानीयवासीलाई यार्सागुम्बा सङ्कलन गर्न नदिन कुनै पहल भएन । यो तर्फ न जिल्ला प्रशासन कार्यालयले चासो राख्यो, न अपी नाम्पा संरक्षण र स्थानीय तहले नै । सङ्कलकहरू धमाधम यार्सा सङ्कलनका लागि लेक पुगिसकेका छन् ।
यार्सा गुम्बा सङ्कलनका लागि स्थानीयमात्र नभई बाहिर क्षेत्रबाट समेत लेकतिर लागेको भन्दै अपी हिमाल गाउँपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २८ गते यार्सागुम्बा सङ्कलनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार आग्रहसमेत ग¥यो ।
“तीनवटै निकायबीच समन्वयकारी भूमिका हुन नसक्दा अहिले दार्चुलाका सबै लेकमा सङ्कलहरू यार्सागुम्बा सङ्कलन गर्न पुगेका छन्”, अपी हिमाल गाउँपालिका–१ का वडाअध्यक्ष धनसिंह जागरीले भन्नुभयो, “हामीले मात्रै सङ्कलनमा रोक लगाउन सकिने अवस्था रहेन । सुरक्षाकर्मीको उपस्थिति विना मानिस हामीले रोक्न सक्दैनौँ ।” अहिले दिनहुँ कोरोना सङ्क्रमणबीच पनि सङ्कलनकर्ताहरूको लेक जाने भीड लागेको छ । गाउँमा रुघाखोकी बिरामी ह्वात्तै छन्, तर सङ्कलनकर्ताहरू खुलेआम यार्सा सङ्कलनका लागि गइरहेका छन् ।
दार्चुलाको अधिकांश स्थानीय तहका स्थानीयवासीको आयस्रोतको मुख्यस्रोत पनि यार्सागुम्बा नै हो । दुई महिना यार्सागुम्बा सङ्कलन गर्ने र वर्षभरिका लागि खाद्यान्न, लुगाकपडा जोहो गर्नु जागरी भन्नुहुन्छ । हामीले उनीहरूलाई नजाऊ भन्न सकिने अवस्था पनि छैन । यार्सागुम्बा सङ्कलन नगरी घरमा के खाऔँ भन्ने अवस्थाका नागरिक पनि छन् । खेतीपाती तीन महिनाका लागि पनि हुँदैन । कोरोनाका बेला स्थानीयस्तरकै भन्दा बाहिर स्थानीय तहबाट समेत सङ्कलनकर्ताको भीड लागेपछि कोरोना फैलिने डर बढेको उहाँको भनाइ छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेल कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आग्रहअनुसार हामीले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएका छैनौँ । हाम्रो मात्रै जनशक्तिले सङ्कलकनकर्तालाई रोक्न सकिने अवस्था रहेन । थोरै जनशक्ति छ । हामीले अहिलेको महामारीमा नजानूस् भनेर हात मात्रै जोड्ने हो, प्रमुख संरक्षण अधिकृत पौडेलले भन्नुभयो, “त्यो बाहेक पूरै रोक्न सकिने अवस्था छैन ।”
उहाँले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलकर्ता रोक्ने विषयमा सुरक्षाकर्मीसँग समन्वय भए पनि ठोस निर्णयमा पुग्न नसकिएको बताउनुभयो । अनुमति नलिएरै सङ्कलन गर्नु अवैधानिक भएको भन्दै कारबाहीको भागिदार बनाउन सकिने चेतावनी दिनुभयो । रासस ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्