
- अर्थ सरकोर सुदूरपश्चिम ब्युरो
दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्याएको थियो ।
सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका–१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट वञ्चित भएका छन् । स्काइ टावर राखिएको घर नै हिमपातले भत्काएको छ । भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणालीलगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी हामीसँग पनि छैन् ।’
‘सामान्य अवस्थामा भए हामीले नै मर्मतसम्भार गथ्र्यौं’, उहाँले भन्नुभयो,‘टावरको पूरै क्षति भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन् । टावरले काम नगरेको बारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।’
अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ । ‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’, छाङ्गरुका स्थानीय योगेश बोहराले भन्नुभयो, ‘फोन गर्न पाइएको छैन् ।’ छाङ्गरुमा नेपाल टेलिकमले दुई ल्यान्डलाइन जडान गरेको छ । अहिले त्यो फोन सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन् । छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्