
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चि ब्युरो
धनगढी । धनगढीमा हप्तौँ पहिला सकडमा ढलेको रुख व्यवस्थापन गर्न सकिएको छैन । धनगढी उपमहानगरपालिका वडा नं. ७ देवरियामा पर्ने रिङ्ग रोडमा हप्तौँ पहिला आएको हावाहुरीले ढलाएको रुखको व्यवस्थापन गर्न नसकिएको हो ।
हुलाकी सडकभन्दा बढी प्राय प्रयोग हुने उक्त रिङ्गरोडमा ढलेको रुखको व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको छ । अहिले उक्त ढलेको रुख केटाकेटीहरुलाई खेल्ने थलो बनेको छ । सडकमा हिँड्ने सवारी साधन पास हुनेसम्मको ठाउँपनि नहुँदा सडक ठप्प प्राय बनेको हो । उक्त ढलेको रुखले जोखिम त बढाएकै छ भर्खरै बनेको रोडमा समेत क्षति गरेको देखिएको छ । हप्तौँसम्म सडकको व्यवस्थापन हुन नसक्दा रुखको अधिकांश भाग वरपरका स्थानियले लैजान सूरु गरेका छन् ।
अर्थ सरोकार डटकमसँग कुरा गर्दै धनगढी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष सिताराम रानाले भने, ‘रुख ढलेको भन्ने जानकारीमा छ तर वन कार्यालयले अनुमति नदिँदा काम गर्न सकिएको छैन ।’ त्यस्तै वन कार्यालयको मातहतमा पर्ने रुखबिरुवा काट्न जिल्ला वन कार्यालयको अनुमति चाहिने बताउँदै अध्यक्ष रानाले रेन्जरसँग समन्वय जारी रहेको र छिट्टै व्यवस्थापन गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्