×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैर सरकारी संस्थाको उदाहरणीय काम, डोटीमा कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गैर सरकारी संस्थाको उदाहरणीय काम, डोटीमा कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना वितरण

Artha Sarokar

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

DOTI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डोटी । कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ ।
उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो ।
विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरुका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन रु ५० को बिहानको नास्ता, फलफूल तथा रु १३० को बिहानको खाना दिने गरेका छन् ।
यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफूल तथा साँझको रु १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ । संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ । रासस ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी