- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा जेठ १० गते हुने भएको छ । कम्पनीको सभा प्रधान कार्यालय हात्तिसारमा दिउँसो २ बजेदेखि हुने भएको हो । कम्पनीले सभामा ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि एभरेष्टले वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ ।