×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : निषेधाज्ञापछि सुनसान देखियो फेवाताल क्षेत्र, राप्ती अस्पतालमा कोरोना परीक्षण गराउनेको भिड बढ्यो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले निषेधाज्ञापछि सुनसान देखिएको पोखराको फेवाताल क्षेत्रदेखि राप्ती अस्पतालमा कोरोना परीक्षण गराउनेको भिडसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि प्रशासनले केही दिनदेखि जारी गरेको निषेधाज्ञाका कारण फेवाताल तथा यस वरपर क्षेत्रमा देखिएको सुनसान ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोनाको परीक्षण गराउनेको लाईन । सो अस्पतालमा विगत चार दिनदेखि एन्टिजेन विधिद्वारा कोरोनाको परीक्षण गरिएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित नाङ्गी देवीको थानमा मास्क लगाएर पूजा गरिँदै । कोरोना भाइरसको जोखिमका कारण स्थानीयले भौतिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरी पूजा गरेका छन् ।
डिभिजन वन कार्यालयका कर्मचारीबाट विभिन्न जातका विरुवा तयार गरिँदै ।
तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाबाट कृषकलाई कृषि सामग्री हस्तान्तरण । गाउँपालिकाले कृषकलाई सीपसँगै कृषि सामग्री समेत वितरण गरेको छ ।
गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर परिसरमा सरसफाइ गर्दै आदर्श सञ्चार सहकारी संस्थाद्वारा युवा ।
काठमाडौँको हनुमान ढोका क्षेत्रउमा परेवालाई चारो बेच्न बसेका महिला । दोस्रो चरणको कोरोना भाइसरका कारण सरकारले बन्दाबन्दी गरेपछि मानिसको आवत जावत बन्द भएका कारण चारो बेच्न समस्या भएको उनीहरुको गुनासो छ ।
घोराही १७ कर्जाहीका किसानलाई प्याज स्याहार्न भ्याइनभ्याइ भएको छ । यसपाली प्याजको राम्रो उत्पादन भएकाले किसान खुशी छन् ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट कान्तिपथमा सवारी साधनको सुरक्षा जाँच ।
कैलालीको टीकापुरमा निषेधाज्ञाको उल्लङ्घन गर्ने सवारी चालकलाई सम्झाउँदै प्रहरी ।
कोरोना भाइरस सङ्क्रमण बढेपछि त्यसलाई न्यूनिकरण गर्न सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गरेकोछ । उपत्यकामा निषेधाज्ञा जारी भएपनि दैनिक ज्यालादारी गर्ने मजदूर आफ्नो कामलाई निरन्तरता दिँदै भक्तपुरबाट तरकारी बेच्न सातदोबाटो जाँदै किसान ।
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलबाट विभिन्न ठाउँमा जानको लागि जम्मा भएका यात्रुहरु कोरोनाका कारण उपत्यकाबाट बाहिर जाने यात्रु बसहरु बन्द गरे पछि महङ्गो भाडा तिरेर पनि काठमाडौँ छोड्न बाध्य छन ।
कञ्चनपुरको झलारी बजारमा भिडभाड नगर्न आग्रह गर्दै सशस्त्र प्रहरी । प्रहरीले स्थानीयवासीलाई सुरक्षित भइ बस्न माइकिङलगायत सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: