- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सय रुपैंयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैंयाँले बढेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १३६ रुपैयाँ कायम गरेको छ ।