- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९० हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैंयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १२७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।