- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९३ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ९९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।