×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको नाफा २४.५१% ले बढ्यो, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९० पैसाले घट्यो ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सको नाफा २४.५१% ले बढ्यो, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९० पैसाले घट्यो ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा २४.५१% धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
चैत मसान्तसम्म कम्पनीले खुद बिमा शुल्क पनि १२२.७५% ले बढेको छ भने जीवन बिमा कोषको आकार पनि ७ अर्ब १० करोड रुपैयाँबाट बढेर १० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ९० पैसाबाट घटेर ७ रुपैयाँ ०४ पैसामा झरेको छ । यसअवधिमा कम्पनीले ४४ करोड ३८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
यस्तै कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम भने २७ लाख ४९ हजार रुपैयाँ छ । हाल यसको जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: