×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रि इन्स्योरेन्सले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन रि इन्स्योरेन्सले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स

Artha Sarokar

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स हिमालयन रि इन्स्योरेन्सले पाएको छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थ मन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । जससंगै अब उक्त कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताका लागि प्रक्रिया अघि बढाउन पाउनेछ  ।
यता बीमा समितले पुनर्बीमा कम्पनीले नयाँ लाइसेन्सको लागि बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म प्रस्तावपत्र आह्वान गरेको थियो । सोहि अनुसार समितिमा ५ वटा कम्पनीले आवेदन दिएका थिए । प्रस्ताव बुझाएको २ हप्ता नबित्दै कम्पनीले लाइसेन्स पाएको हो । हिमालयन रि इन्स्योरेन्समा  अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । 
यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतको लगानी रहेको छ । अब नेपालमा पुनर्बिमाको सेवा दिने कम्पनीको संख्या २ पुगेको छ । यसअघि नेपाल पुनर्बिमा  कम्पनीले सेवा दिइरहेको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी