
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डोटी । वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्