×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइडीबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

सीइडीबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा २ दिनमै माग भन्दा ५.४३ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार बिहान ११:१५ बजेसम्म १० लाख ३६ हजार २३ जना आवेदकबाट १ करोड ६१ लाख ९५ हजार ६०६ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा ५.४३ गुणा बढीको आवेदन हो । 
कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरको कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कूल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: