
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले आइपीओ ल्याउने भएका छन् । दुवै कम्पनीले सो मागसहित नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
मानुषीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो भने दोर्दीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको १०० रुपैयाँ दरको २९ लाख ५१ ह्जार ९२९ कित्ता आइपीओ ल्याउन आवेदन दिएको हो ।
बोर्डले अनुमति दिएपछि दुवै कम्पनीको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । दोर्दिको आईपिओ बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
दोर्दीले आइपीओ ल्याउन रेटिङ गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोलाको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यस कम्पनीले लम्जुङ जिल्लामा १२ मेगावटको दोर्दी १ हेप आयोजना निमार्ण गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्