
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने कार्य तत्काललाई बन्द भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक जिल्लामा आजदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकाले आइपीओमा आवेदन दिने कार्य तत्काललाई स्थगित गरिएको हो ।
निषेधाज्ञाको अवधिमा स्थानीयवासीलाई हिडडुलमा समस्या हुने भएकाले तत्काललाई आइपीओ भर्ने कार्य स्थगित गरिएको हो । यता धितोपत्र बोर्डको अनुमति लिएर आइपीओ स्थगनको सूचना प्रकाशन हुने पनि क्यापिटलले जनाएको छ । अब अर्को सुचना नआउँदासम्म कम्पनीको आईपीओमा आवेदन दिन पाइने छैन । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको थियो भने ४२ लाख कित्ता सेयरमा सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीले भर्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्