Skip to content
LAXMI SUNRISE BANK

बजेटमा ‘झापा’लाई सबैभन्दा मिठो ‘पापा’ : अन्तर्राष्ट्रिय रंगशालादेखि सिटीपार्कसम्मका प्रोजेक्ट प्रधानमन्त्रीकै जिल्लामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्रीले बाचन गरेर सुनाएको बजेट भाषण पूरै सुन्नेहरुले हिजो एउटा कुरा मज्जासँग महसुस गरे । त्यो हो ‘झापा’ । बजेटमा यति धेरै ठाउँमा झापा आयो, कि मानौं बजेट नै प्रदेश नम्बर १ को बाचन भईरहेको थियो । हो, यसपटकको बजेटमा झापालाई सबैभन्दा मिठो पापा दिइएको छ । अर्थात अन्तराष्ट्रिय रंगशालादेखि सिटीपार्कसम्मका प्रोजेक्ट प्रधानमन्त्रीकै जिल्ला झापामा निर्माण गर्नेगरी बजेट छुट्याईएको छ ।
प्रधानमन्त्री ओलीले सुरुवातमा कमल गाउँपालिकामा बन्न लागेको आदिवासी जनजाति रंगशालाको नाम फेरेर मदन भण्डारी रंगशाला राख्न खोजेका थिए । तर आदिवासी जनजाति अगुवाको विरोधपछि सो रंगशालाको नाम फेर्न नसकेपछि उनले दमकमा मदन भण्डारीको नाममा अर्को अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका थिए ।बजेटमा दमकमा निर्माण थालिएको औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण दुई वर्षभित्र सक्ने पनि भनिएको छ ।
दमकमै बहुतले बसपार्कसहितको सिटीपार्क बनाउन पनि बजेट छुट्टयाइएको छ । दमकमा बालबालिकाका लागि ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्ने पनि बजेटमा समावेश भएको छ ।
दमकमै ढल प्रशोधन केन्द्र निर्माण गर्ने पनि बजेट वक्तव्यमा भनिएको छ ।
झापाको भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरिएको छ । नदी नियन्त्रणका लागि नवीन तथा वायो इञ्जिनियरिङ प्रविधिको प्रयोग गरिने बजेटमा उल्लेख छ ।
चन्द्रगढीमा आवधिक रुपमा प्रशिक्षण प्रदान गरेर निरन्तर सिकाइ कार्यक्रम प्रबद्र्धन गर्न उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने पनि भनिएको छ ।
कृषि उत्पादनमा आधुनिक प्रविधिको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न दुई वर्षभित्र झापाको चन्द्रडाँगीमा एक कृषि फार्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरेर सञ्चालनमा ल्याउने पनि बजेटमा उल्लेख छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK